बुटवल कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बुटवल कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषलाई गत भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहीवार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी समेत थिए ।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनको बिहीवार बिहान ७ बजे मृत्यु भएको हो ।

उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  ८ : ३४ बजे

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा