दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का ! | Khabarhub Khabarhub

दीपेन्द्रको ‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का !


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओझेलमा परेका कथा भन्न रुचाउने निर्देशन दीपेन्द्र के खनाालले हालै फिल्म ‘चिसो मान्छे’ निर्माणको घोषणा गरेका छन् । फिल्ममा खनालको लेखन तथा निर्देशन रहनेछ ।

शर्मिला पाण्डेले निर्माण गर्ने यो फिल्मको यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई सुदूरपश्चिमका विभिन्न भेगमा छायांकन गरिने जनाइएको छ ।

फिल्ममा सुदूरपश्चिम भेगको परिवेश र लबज प्रयोग गर्नुपर्ने भएकाले थप तयारी गर्नुपर्ने निर्माण टिमले बताएको छ ।

अहिलेसम्म फिल्ममा कलाकार को हुने भन्ने अझै तय भएको छैन । यद्यपि फिल्ममा स्वस्तिमा खड्का चयन भइसकेको खबर छ ।

स्रोतका अनुसार फिल्मको शीर्ष भूमिकाका लागि स्वस्तिमासँग एक चरणको कुराकानी भइसकेको छ । स्वस्तिमाले पनि फिल्मप्रति चासो देखाएको बताइएको छ ।

लकडाउनका कारण स्वस्तिमासँगको छलफल अझै टुंगोमा पुगेको छैन ।

स्वस्तिमाले फिल्म ‘बुलबुल’ बाट चौतर्फी तारिफ कमाएकी थिइन् । उक्त फिल्मपछि उनले अभिनय गरेका कुनै पनि फिल्मले सोचेजस्तो सफलता हात पार्न सकेनन् ।

दीपेन्द्र नेपालका राम्रा निर्देशकमध्ये गनिन्छन् । ‘चिसो मान्छे’ स्वस्तिमाको काम कस्तो हुनेछ, त्यो भने हेर्न बाँकी छ । यो फिल्मको आगामी वर्ष भदौ ११ गतेलाई रिलिज मिति तोकिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : ४३ बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा