इंग्ल्यान्डविरूद्धको निर्णायक टेष्टमा पाकिस्तानको खराब प्रदर्शन | Khabarhub Khabarhub

इंग्ल्यान्डविरूद्धको निर्णायक टेष्टमा पाकिस्तानको खराब प्रदर्शन


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – घरेलु टिम इंग्ल्यान्डविरुद्धको निर्णायक टेस्टमा पाकिस्तानले खराब प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा टेस्टको तेस्रो दिन आइतबार पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको हो ।

अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तान ३१० रनले पछि पारेको हो ।

खराब प्रदर्शनबाट गुज्रिएको पाकिस्तानको इनिङ्सलाई अजहर अलीको शतकसँगै सम्मान जनक स्थितिमा पुगेको हो ।

अलीको शतकबाहेक पाकिस्तानका मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । फावद आलमले २१ तथा यासिर शाहले २० रन बनाए ।

इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । स्टुवार्ड ब्रोडले २ तथा क्रिस वोक्स र डम बेसले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो । क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । दोस्रो टेस्ट वर्षाले बराबरी भएपछि यो टेष्टलाई निर्णायक मानिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ६ : ३२ बजे

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं – नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन

अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे

सुदूरपश्चिम– अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर– आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला

लम्की– कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको