वीरगञ्ज सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा (फोटो फिचर) | Khabarhub Khabarhub

वीरगञ्ज सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा (फोटो फिचर)


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ ।

पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा राष्ट्रिय झण्डा फहराइएको हो ।

भारतको रक्सौलबाट वीरगञ्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो फलामे टावर (पोल) निर्माण गरी त्यसमा ३० फिट लम्बाइ र १५ फिट चौडाइको राष्ट्रिय झण्डा फहराइएको सांसद यादवले बताए ।

तत्कालीन समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको अध्यक्षतामा भएको फ्ल्याग टावर उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रहरी उपरीक्षक गंगा पन्त, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २४ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार