ओली-प्रचण्डको २ घण्टा लामो छलफल निष्कर्षविहीन | Khabarhub Khabarhub

ओली-प्रचण्डको २ घण्टा लामो छलफल निष्कर्षविहीन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरि छलफलमा जुटेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

२ अध्यक्षबीच बिहान ११ बजेदेखि २ घण्टाभन्दा लामो छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

६ साउनमा एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भएपछि दुई अध्यक्ष बीच थप छलफल हुन सकेको थिएन। तर, शुक्रबार बिहान प्रधानमन्त्रीलाई दाहाल बालुवाटार पुगेका थिए। बाढी, पहिरोको प्रकोपमा परेकाहरुलाई उद्धार गर्न भन्दै नेकपाले १३ साउनसम्म स्थायी कमिटी स्थगित गरेको छ।

गएको १० असारमा शुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढ्दै गएपछि लगातार प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि ओलीले लगातार स्थायी कमिटी अस्वीकार गर्दै आएका छन्।

३ साउनमा सचिवालय बैठक बसेपनि स्थायी कमिटी भने बस्न सकेको छैन। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मंसीरमा महाधिवेशनको प्रस्ताव गरेका छन्।

उक्त प्रस्तावबारे सहमति भने जुट्न सकेको छैन। ६ साउनमा बालुवाटारमै बसेको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएका थिए। दाहालले बैठक एक साताका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ०५ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा