स्वीस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट | Khabarhub Khabarhub

स्वीस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वीस सरकारले नेपाललाई ४० हजार कोरोना परीक्षण पीसीआर टेष्ट कीट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर कीट सहयोग गरेको हो ।

४० हजार कीट मध्ये २० हजार कीट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको छ । स्वीस सरकारले दुई चरणमा प्रदान गर्ने भनिएको कीट आज हस्तान्तरण गरिएको नेपालस्थित स्वीस दूतावासले जनाएको छ । दोस्रो लटको बाँकी २० हजार कीट भने आउँदो अगष्टमा प्रदान गरिनेछ ।

एसडिसीले सहयोग गरेको पीसीआर कीट रोशन डायग्नोष्टिकको हो । कोभिड–१९ सँगै नेपाल सरकारलाई निरन्तर सहयोग गरिरहेको एसडिसीले यसअघि नै ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।

यसका साथै कोभिड–१९ को राहत र पुनस्र्थापनाको लागि एसडिसीले प्रदेशको ४ वटा अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना समेत गर्दैछ । यसअघिको सहयोग कोशी अस्पताल विराटनगरमा भने एउटा वाटर ट्रिटमेन्ट सिस्टमको स्थापना पुरा भइसकेको छ ।

यसको अलबा एसडिसीले १ नम्बर प्रदेशको उदयपुरको आइसोलेसन केन्द्रको निर्माणको अनुमानित खर्च ३ करोड २० लाख को झण्डै ५० प्रतिशतले हुन आउने १ करोड ५० लाखको सहयोग समेत प्रदेश सरकारलाई गरेको छ । कोभिड–१९ को महामारीबीच निरन्तर सहयोग जारी राखेको स्वीस सरकारले महामारीको रोकथाम र नियन्णका लागि मात्र नभई नेपाल सरकार र नेपाली जनाताको सामाजिक र आर्थिक पुनरप्राप्तिको प्रयासहरुलाई निरन्तर सहयोग गर्ने बताएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ३० बजे

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न

महानगरको सीप मेलामा डकर्मी तालिमका लागि आवेदन खुला

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ

महासंघ र पर्यटन मन्त्रीबीच भेट- पर्यटन क्षेत्रका छ समस्याबारे ध्यानाकर्षण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा समाधान

‘पार्टी फुटाउन ठूलै खर्च गरेछन्, छाडेर गएकाहरू पछुताउने छन्’

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र