छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन | Khabarhub Khabarhub

छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

यसअघि अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएको थियो । त्यसको प्रत्युत्तरमा चीनले यस्तो निर्णय गरेको हो।

अमेरिकाले आफ्नो वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि बेइजिङले यसलाई राजनीतिक उक्साहटपूर्ण भन्दै विरोध जनाएको थियो । तर, अमेरिकी विदेश मन्त्रालयले बौद्धिक सम्पत्तिको रक्षाका निम्ति उक्त कदम चालिएको बताएको थियो ।

पछिल्लो समय चीन र अमेरिकाबीच तनावपूर्ण अवस्थाको सिर्जना भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले व्यापार र कोरोनाभाइरस महामारी लगायतका विषयलाई लिएर चीनमाथि आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : ०८ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै