बाढी पहिरो पीडितलाई तरुण दलको राहत | Khabarhub Khabarhub

बाढी पहिरो पीडितलाई तरुण दलको राहत


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाल तरुण दल सिन्धुपाल्चोकले भोटेकोसी र बाह्रबिसेका बाढी पहिरो पीडितलाई खाद्यान्न र नगद राहत वितरण गरेको छ ।

कोदारी र फुल्पिङमा रहेका एक सय पीडितलाई सय बोरा चामल, ७४ थान त्रिपाल र पहिरोमा परेर मृत्यु भएका परिवारलाई नगद ३० हजार राहत प्रदान गरिएको तरुण दल सिन्धुपाल्चोकले जनाएको छ ।

त्यसैगरि तातोपानी भन्सार कार्यालयको एजेन्ट हलमा रहेका १९ सुत्केरी तथा गर्भवती महिला र बालबालिकालाई २० हजार नगद र हर्लिक्स वितरण गरेको छ ।

घर बारविहीन भएर अन्य कुनै विकल्प नभएका अति पीडित कोदारी निवासी सर्की शेर्पालाई नगद ३० हजार राहत दिएको तरुण दल जिल्ला अध्यक्ष दोर्जे लामाले बताए ।

कोदारी राजमार्ग बन्द भएकोले अध्यक्ष लामा नेतृत्वमा ३० युवाले खाद्य सामग्री बोकेर तातोपानी पुर्‍याएका थिए ।

त्यस्तैगरि बाह्रबिसे जम्बुका पीडितलाई ९९ हजार नगद दिएको छ । जम्बुमा विस्थापित परिवार मध्ये बिरामी, सुत्केरी तथा गर्भवती महिला र बालबालिकाको पोषणको निम्ति नगद प्रदान गरिएको हो ।

तरुण दल केन्द्रीय विभागका सदस्य पासाङ नोर्बु लामाले पनि तरुण दलको राहत कार्यक्रममा व्यक्तिगत सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २४ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज