१ हजार ७५० किलोमिटर दूरी गुड्न १ वर्ष ! | Khabarhub Khabarhub

१ हजार ७५० किलोमिटर दूरी गुड्न १ वर्ष !


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि सवारी साधनलाई करिब १ हजार ७५० किलोमिटरको यात्रा गर्न कति समय लाग्ला ?

गाडीको क्षमता अनुसार बढीमा ३ दिन । तर के कुनै पनि सवारीलाई यो दुरी पार गर्न १ वर्षभन्दा बढि समय लाग्ला र ? पक्कै लाग्दैन किनकी कोहि पनि मानिस हिडेर पनि जान चाह्यो भने यो दुरी पार गर्न लगभग ५०/६० दिनको समय पर्याप्त हुन्छ ।

तर भारतमा भने एक सवारी साधनलाई करिब १ हजार ७५० किलोमिटरको दूरी पार गर्न एक वर्षभन्दा बढि समय लागेको छ ।

भारतको महाराष्ट्रबाट केरलाको दुरी १ हजार ७५२ किलोमिटर छ । यो दूरीलाई पार गर्न एक ट्रकले एक वर्षभन्दा बढि समय लगाएको हो । खासमा एक भारी मेसिन बोकेर महाराष्ट्रबाट केरलामा डेलिवरी दिन हिडेको ट्रकले यति लामो समय लगाएको हो ।

एक स्पेस प्रोजेक्टसँग जोडिएको मेसिनलाई लिएर महाराष्ट्रबाट अघिल्लो वर्षको जुलाई ०८ मा हिडेको ट्रकले सोमबार मात्र केरलाको तिरुवनंतमपुरम स्थित विक्रम साराभाई स्पेस सेन्टर (वीएससीसी) मा यसको डेलिवरी दिएको छ ।

मेसिन बोकेर हिडेको सो ट्रकले यस अवधीमा ४ प्रदेशको यात्रा गरेको थियो । आइतबार केरला पुगेको उक्त ट्रकले सोमवार स्पेस सेन्टरमा डेलिवरी दिएको हो ।

वीएससीसीले एयरोस्पेस हरिजोन्टल अटोक्लेव मेसिनको अर्डर दिएको थियो । जुन मेसिन बिना वजनको पदार्थ बनाउन प्रयोग हुन्छ । उक्त मेसिनको वजन मात्र ७० टन भन्दा बढि थियो । यसको उचाई ७ दशमलव ५ मिटर रहेको थियो भने चौडाई ६ दशमलव ५ मिटर रहेको छ ।

यो मेसिनको वजन र यसको आकारको कारण यसलाई पुर्याउन यति धेरै समय लागेको हो । उक्त मेसिन मेसिन महाराष्ट्रको नासिकमा बनाइएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ५७ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी