भिसा लिन झुटो विवरण दिएको अभियोगमा अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

भिसा लिन झुटो विवरण दिएको अभियोगमा अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिसा लिने क्रममा झुटो विवरण प्रस्तुत गरेको अभियोगमा अमेरिकाले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ सुरक्षा निकायसँगको सम्बद्धताबारे भिसा लिने क्रममा झुट बोलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । भिसा लिने चार जनामध्ये एक जनाको खोजी भइरहेको संघीय अनुसन्धान व्युरो (एफबीआई) ले जनाएको छ ।

चौथो व्यक्ति सन फ्रान्सेस्को स्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको दाबी गरिएको छ । चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा एफबीआईले अमेरिकाका २५ शहरका अरु मानिसहरुबारे पनि सोधपुछ गरेको छ ।

आर्मीका वैज्ञानिकहरुलाई अमेरिका पठाउने अभियान अन्तर्गत चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीको दाबी छ ।

चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) का सदस्यहरुले आफ्नो वास्तविकत सम्बद्धता नखुलाई अनुसन्धान भिसाका लागि निवेदन दिएको अमेरिकाको न्याय विभागका न्यायाधीवक्ता जोन सी डेमेर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले बुधबार ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको अल्टिमेटमसमेत दिइसकेको छ । यसले दुइ मुलुकबीचको सम्बन्धमा अझ बढी तनाव चुलिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : १४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी