भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४८ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४८ हजार संक्रमित


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ ।

दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस  संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४५ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास