नेकपाको स्थायी कमिटी बैठक सुरू, तय गरियो ५ एजेन्डा | Khabarhub Khabarhub

नेकपाको स्थायी कमिटी बैठक सुरू, तय गरियो ५ एजेन्डा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरैबाट बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकका लागि विभिन्न ५ एजेन्डा तय गरिएको छ । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्नेछन् । त्यसै सरकारका कामका बारेमा पनि समीक्षा हुनेछ ।

सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा आजको बैठकमा छलफल हुनेछ ।

त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ ।

त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुने छ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि कुराकानी हुनेछ ।

Image may contain: text

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ११ : ५३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार