पाकिस्तानका थप ७ क्रिकेटरमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

पाकिस्तानका थप ७ क्रिकेटरमा कोरोना संक्रमण पुष्टि


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान राष्ट्रिय क्रिकेट टीमका थप सात जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जुन २८ मा इङ्ग्ल्यान्ड टुरका लागि जाने तयारीमा रहेको पाकिस्तानका थप सात जना खेलाडीमा संक्रमण पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।

यसअघि तीन जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै पाकिस्तान टोलीका दश जनामा संक्रमण देखिएको छ ।

कोरोना नेगेटिभ देखिएका खेलाडी भने इङ्ग्ल्यान्ड टुरमा हुनेछन् । पीसीबीका प्रमुख कार्यकाकारी अधिकृत वासिम खानले भने, ‘इङ्ग्ल्यान्ड टुर निकै नजिक छ । टुर तालिका बमोजिम हुनेछ ।’

पाकिस्तानले इङ्ग्ल्यान्ड टुरमा तीन टेस्ट सिरिज र तीन टि–२० खेल्ने तय भएको छ । पाकिस्तानका तीन जना खेलाडीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिँदा इङ्ग्ल्यान्ड क्रिकेट निर्देशक अस्ले गिल्सले भनेका थिए, ‘पाकिस्तान सुरक्षित साथ आउनेमा हामी आशावादी छौं ।’

कोरोना लक्ष्यण नदेखिँदै पनि खेलाडीको रिर्पोट पोजेटिभ आएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ९ : ५६ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव