भूमि अतिक्रमणको विरोध गर्दै एनआरएनए फ्रान्सले मोदीलाई पठायो पत्र | Khabarhub Khabarhub

भूमि अतिक्रमणको विरोध गर्दै एनआरएनए फ्रान्सले मोदीलाई पठायो पत्र


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- नेपाली भूमि अतिक्रमणको विरोध गर्दै गैर आवासीय नेपाली संघ (एनआरएन) फ्रान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । भारतले गरेको सीमा अतिक्रमणको बिरोधमा फ्रान्सको राजधानी पेरिसमा रहेको भारतीय राजदुतावासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र पठाएको हो ।

छिमेकी मुलुकले पटक-पटक गर्दै आएको नेपाली भूमि अतिक्रमणको विरोधमा एनआरएन फ्रान्सले हुलाकबाट विरोध पत्र पठाएको हो । पत्रमा संघका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) र महासचिब मिन श्रेष्ठ को संयुक्त हस्ताक्षर छ।

ज्ञापन पत्रमा भारतले अतिक्रमण गरेको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्न आग्रह गरिएको छ।

एनआरएन फ्रान्सले पहिलो चरणको विरोध कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाएको हो। फ्रान्समा कोरोना संक्रमणले धर्ना, जुलुस जस्ता कार्यक्रम गर्न प्रतिबन्ध गरिएको छ ।

बिगतमा पनि २८ नोभेम्बर २०१९ मा भारतीय राजदुताबास अघि एनआरएन फ्रान्सले सामूहिक बिरोध प्रदर्शन गरेको थियो ।

सहभागीले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समूदाय एकसाथ उभिनु पर्ने बताएका थिए।

एनआरएन फ्रान्सले बुझाएको ज्ञापनपत्र

प्रशान्त उप्रेतीबाट

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र