बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बाराका एसपी कृष्ण पंगेनीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयमा ५० जना प्रहरीको पीसीआर विधिबाट गरिएको परीक्षणमा ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको एसपी पंगेनीले खबरहबलाई बताए।

एसपी पंगेनीका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले सवा ४ बजेको नियमित लाइभ अपडेटमार्फत जानकारी दिइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बारा कलैयामा कार्यरत भनेका संक्रमतीहरु नै जिल्ला प्रहरी कार्यालयमा कार्यारत प्रहरी भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ४२ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार