एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री | Khabarhub Khabarhub

एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गैरआवासीय नेपाली सङ्घ एनआरएनएका तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ ।

एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका / आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री सात लाख ३३ हजार बराबरका छन् ।

सहकोषाध्यक्ष दाहालका अनुसार १०० थान पिपिइ , एन ९५ मास्क ५०० र लेजर गन २५ थानलगायत सामग्री उपलब्ध गराइएको जानकारी दिए । विश्वव्यापी विपद्का रुपमा देखिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाली हुनुको हैसियतले सङ्कटको समयमा सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ३ : ०३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको