जर्मन बुण्डेसलिगामा बोरूसियासँग वुल्फवर्ग पराजित | Khabarhub Khabarhub

जर्मन बुण्डेसलिगामा बोरूसियासँग वुल्फवर्ग पराजित


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डसँग वुल्फवर्ग २- ० ले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले १० खेलाडीमा सीमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जीतमा राफेल गुइरेरियो र आच्रफ हाकिमीले एक एक गोल गरे । वुल्फवर्गको मैदानमा ३२ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७८ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई २-० को सहज जीत दिलाए ।

खेलको ८० औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्ड खाएपछि अन्तिम १० मिनेट वुल्फवर्ग १० खेलाडीमा समेटिएको थियो । जीतसँगै डर्टमण्ड लिगको दोस्रो स्थानमा यथावत छ । 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ४१ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका