अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला | Khabarhub Khabarhub

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएको साढे ३ महिनापछि शव फेला


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको अन्नपूर्ण गाँउपालिका-१ हिङकु केभ क्षेत्रमा ३ माघ २०७६ मा गएको हिमपहिरोमा परी बेपत्ता भएका सात जनामध्ये एक जनाको शव नेपाली सेनाले फेला पारेको छ।

हिमपहिरोमा तीन नेपाली गाइड तथा चार जना कोरियन पर्यटक बेपत्ता भएका थिए । ती मध्ये एक गाइडको शव शुक्रबार फेला परेको छ । शव धादिङको गंगाजमुना गाउँपालिकाका ४५ वर्षीय मेमबहादुर तामाङको रहेको जनाइएको छ। यसअघि नै एक नेपालीको शव भेटिइसकेको छ।

सेनाको उद्धार टोलीले सोही क्षेत्रबाट तीन वटा झोला पनि बरामद गरेको छ। स्थानीयहरुबाट एक नेपालीको शव देखिएको सूचना पाएपछि सेनाको पश्चिम पृतनाको समन्वयमा पोखरास्थित सेकेण्ड रेञ्‍जर बटालियनबाट उद्धार टोली खटिएको थियो।

नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित सेनाको टोली शुक्रबार बिहान साढे १० बजे सेनाको एनए ०६१ हेलिकप्टरमा घटनास्थल गएको हो।

टोलीले शव र झोलाहरु प्रहरीको जिम्मा लगाएको छ। शवलाई पोष्टमार्टमको लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाइएको छ।

निर्देशनालयले खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराएका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा फर्किएको जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : २७ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू