वुहानमा पाँच दिनको शून्यतापछि फेरि देखियो कोरोना भाइरसको नयाँ संक्रमण | Khabarhub Khabarhub

वुहानमा पाँच दिनको शून्यतापछि फेरि देखियो कोरोना भाइरसको नयाँ संक्रमण


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ।

कोभिड–१९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो। त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।

अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ।

सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ। चीनको पूर्वी छिमेकी दक्षिण कोरियामा कोरोनाभाइरस सङक्रमण घट्ने क्रम जारी रहेको छ। चार हप्ताअघि त्यहाँ सङ्क्रमण दर उच्च रहेको थियो।

त्यहाँ विगत २४ घण्टामा कोभिड-१९ भएका ६४ जना व्यक्ति भेटिएको बताइएको छ। त्यससँगै त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्या ८,९६१ पुगेको छ। त्यहाँ १११ जनाको ज्यान गइसकेको छ।

दक्षिण कोरियामा स्वास्थ्यकर्मीहरूले सर्वसाधारणहरूले अझै पर्याप्त सावधानी नअपनाएको भन्दै कोरोनाभाइरससँगको सङ्घर्ष अझै लामो हुन सक्ने बताएका छन्।

दक्षिण कोरियामा दैनिक २०,००० जनाको परीक्षण भइरहेको छ। यो दर विश्वभरिकै सबैभन्दा बढी हो। त्यहाँ अहिले सार्वजनिक र निजी प्रयोगशालाहरूको सञ्जाल बनाइएको छ। रोगको लक्षण देखिएका मानिसहरू आफैँ गाडी चलाएर गई स्वास्थ्य परीक्षण गराउन सक्छन्।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ४४ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका