कोरोनाका कारण अमेरिकी डलरको भाउमा वृद्धि | Khabarhub Khabarhub

कोरोनाका कारण अमेरिकी डलरको भाउमा वृद्धि


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर ११५ रुपैयाँ ८० पैसा रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्ट्रलिङ एक बराबर खरीददर १४० रुपैयाँ ११ र बिक्री दर १४० रुपैयाँ ८० पैसा तोकिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ३९ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार