आज औंसी, भुलेर पनि गर्नुहुदैन यी १२ काम | Khabarhub Khabarhub

आज औंसी, भुलेर पनि गर्नुहुदैन यी १२ काम


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज औंसी । यसलाई चैते औंसी पनि भनिन्छ । कृष्णपक्ष तिथिको चर्तदशीको भोलिपल्टको दिनलाई औंसी भनिन्छ ।

हिन्दु धर्ममा आस्था राख्नेहरुका लागी औंसीको दिन विशेष महत्वपुर्ण हुने गर्दछ । यस दिन हलो बार्ने चलन छ । बर्षको अन्तिम औंसी भएकाले यस दिन केहि धार्मीक रितिस्थिति मान्नु आवश्यकता रहने मान्यता छ ।

औंसीको दिन दान गर्ने तथा पुर्वजलाई सम्झिने परम्परा छ । यस दिन धार्मिक तीर्थ स्थलमा नुहाउनु शुभ मानिन्छ । तर यस दिन केहि कामहरु गर्न वर्जित गरीएको छ । धार्मिक मान्यता अनुसार औंसीको दिन १२ काम गर्नुहुदैन ।

१. औंसीको दिन अबेरसम्म सुत्नु हुदैँन । यस दिन सूर्योदय पुर्व उठ्नु पर्दछ ।
२. यस दिन तामसिक अर्थात प्याज, लसुन, माछामासु, मदिराको प्रयोग गर्नुहुदैन ।
३. यस दिन विशुद्ध सात्विक भोजन मात्र ग्रहण गर्नुपर्दछ ।
४. औंसीको दिन नुनको सेवन गर्नुहुदैन ।
५. अवस्था अनुसार सकेसम्म औंसीको दिन व्रत बस्नु पर्दछ ।
६. यस दिन घरलाई अँध्यारो राख्नु हुदैन ।
७. यस दिन घर आएका कोहि पनि ब्यक्तिलाई खाली हात पठाउनु हुदैन ।
८. सकेसम्म औंसीको दिन दान धर्म गर्नुपर्दछ ।
९. औंसीको दिन कालो रंगको कपडा पहिरिनु हुदैन ।
१०. बिहान उठ्नासाथ नुहाएर हल्का रंगको सफा कपडा धारण गर्नुपर्दछ ।
११. औंसीको दिन आफ्नो रिसमा नियन्त्रण गर्नुपर्दछ ।
१२.यस दिन आफुमा ब्रम्हचर्यको पालना गर्नुपर्दछ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : २० बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू