कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु

इटाली र कोरियामा संक्रमितको संख्या बढ्दो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –   कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

इटालीमा तीन जनाको मृत्यु

कोरोना भाइरस अर्थात कोभिड – १९ को असर रोक्न चालेको विभिन्न कदमका बाबजुद इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसकै कारणा दुई जनाको मृत्यु र ७९ जना संक्रमित भएपछि इटालीका उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा शहरहरूमा आवातजावत नै प्रतिबन्ध गरिएको थियो ।

तर त्यसपछि पनि थप १ एक जनाको मृत्यु भएको छ । अरु ७३ जना कोरोनाको संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ६ जनाको मृत्यु, ९ हजार क्वारेन्टीमा

दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ ।

६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

चेओङ्डोको एक धार्मिक समूहका सदस्यहरुमा पनि कोरोनाको संक्रमण भएको आशंकापछि  ९ हजार जनालाई क्वारेन्टीमा राखिएको छ ।

कोरोनाले महामारीकोव रुप लिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले मुलुकले धेरै ठूलो चुनौतीको सामना गरिरहेकाले सावधानी अपनाउन देशवासीलाई आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ५९ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र