विश्व जुनियर टेनिसमा नेपाललाई स्वर्ण पदक | Khabarhub Khabarhub

विश्व जुनियर टेनिसमा नेपाललाई स्वर्ण पदक


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।

नेपाली पुरुष टोलीले फाइनलमा श्रीलङ्कालाई २–१ सेटले पराजित गरेको हो । नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो ।

यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।

विजेता नेपाल र उपविजेता श्रीलङ्का आगामी मार्चमा अस्ट्रेलियामा हुने विश्व जुनियर प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ०४ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ