लागुऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित चार जना पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागुऔषधसहित शुक्रवार जिल्लाको नवराजपुर गाउँपालिका–१ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ८५८२ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध डाइलेक्स डिसी सात बोतल र नाइट्राभेट ११ पिस बरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहाको धनगढीमाई नगरपालिका–९ बाट प्रतिबन्धित लागुऔषध गाँजासहित जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साहलाई पक्राउ गरेको छ ।

प्लाष्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागुऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।

प्लाष्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नंको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

त्यस्तै लेनदेन बिगो मुद्दामा जिल्ला अदालत सिरहाबाट सजाय पाएर फरार सिरहाको बरियारपट्टी गाउँपालिका– ५ कजरा निवासी ६२ वर्षीय वेचनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : ३६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ