कांग्रेस शीर्ष नेताहरुको बैठक : महाधिवेशनलाई केन्द्रमा राखेर छलफल | Khabarhub Khabarhub

कांग्रेस शीर्ष नेताहरुको बैठक : महाधिवेशनलाई केन्द्रमा राखेर छलफल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बूढानिलकण्ठ स्थित सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेसका शीर्ष नेताहरुबीचको बैठक जारी छ ।

सघन रुपमा जारी बैठकले पार्टीमा देखिएको समस्या समाधान गर्ने विश्वास नेताहरुले लिएका छन् ।

विहान १० बजेपछि शुरु भएको बैठकमा २ बजेदेखि ‘लञ्च ब्रेक’ भएको छ ।

कांग्रेसका महामन्त्री विमलेन्द्र निधिका अनुसार बैठकमा सघन छलफल जारी रहेको छ ।

‘बैठकमा सघनरुपमा छलफल भइरहेको छ’ उनले भने,‘अहिले लञ्च ब्रेक भएको छ । यसपछि पनि पुन बैठक बस्नेछ ।’

नेता निधिका अनुसार छलफल महाधिवेशनलाई केन्द्रमा राखेर भइरहेको छ । असन्तुष्ट पक्षको मागका विषयमा गम्भीर रुपमा कुराकानी भइरहेको उनले बताए ।

महाधिवेशनको मिति तलमाथि नहुने गरि अन्य विषयमा छलफल गर्न सकिने यसअघि नै सभापति देउवाले बताइसकेकाले त्यस अनुरुप नै छलफल जारी रहेको र समस्या समाधान हुने उनको भनाइ थियो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको छ ।

पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति असन्तुष्ट पक्षले आपत्ति जनाउँदै आएको छ ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ३९ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन