सापकोटा सभामुख बन्ने भएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकारद्वारा पदबाट राजीनामा | Khabarhub Khabarhub

सापकोटा सभामुख बन्ने भएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकारद्वारा पदबाट राजीनामा


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ (राजनीतिक) सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । तर, राष्ट्रपति भवन शीतल निबास स्रोतले भने अग्नि सापकोटालाई सभामुख बनाउन लागिएकोप्रति असन्तुष्टि जनाएर प्याकुरेलले पदबाट राजीनामा दिएको बताएको छ ।

प्याकुरेलले अग्नि सापकोटालाई सभामुख चयन गर्ने विषयमा आपत्ति जनाउँदै आएका थिए । प्याकुरेल संस्थापक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सापकोटालाई सभामुख बनाउने निर्णयको औपचारिक रुपमा नै विरोध जनाएको थियो ।

मानव अधिकार आयोगको पूर्व आयुक्त रहिसकेका प्याकुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित (कर्तब्य ज्यान)को मुद्दामा सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ३४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको