१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार गर्ने व्यक्ति ४ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

१० रुपैयाँ दिएर बालिकामाथि बलात्कार गर्ने व्यक्ति ४ वर्षपछि पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानसिक अवस्था ठीक नभएकी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति १ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको साविक सिंहदेवी गाविस–७ घर भइ भक्तपुरको सिपाडोल बस्ने ५६ वर्षीय पूर्ण बहादुर खड्का छन् ।

उच्च अदालत पाटनको २६ कात्तिक २०७५ को फैसलाले खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले फैसला सुनाएदेखि फरार रहेका खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार खड्काले भक्तपुरको जगाती घर भएकी एक १५ वर्षीया मानसिक अवस्था ठीक नभएकी बालिकालाई १० रुपैयाँ दिएर ललाई फकाई बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार २१ फागुन २०७२ मा खड्काले मानसिक अवस्थामा ठीक नभएकी बालिकालाई सिसडोलस्थित आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेका थिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ५७ बजे

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ