१ वर्षपछि एकदिवसीय शृङ्खला खेल्दै नेपाल | Khabarhub Khabarhub

१ वर्षपछि एकदिवसीय शृङ्खला खेल्दै नेपाल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शुक्रबार) पोखराको बसाइँ टुङ्गाएर काठमाडौं फर्किँदैछ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणाात्मक शृङ्खलाको बन्द प्रशिक्षणका लागि पोखरा गएको नेपाली टोली शुक्रबार काठमाडौं फर्किन लागेको हो ।

नेपालले फ्रेबुअरी ५देखि १२ सम्म अमेरिका र ओमानसँग एकदिवसीय त्रिकोणात्कम शृङ्खला खेल्नेछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुन लागेको शृङ्खला नेपालले अहिलेसम्म खेलेका प्रतियोगिता भन्दा ठूलो प्रतियोगिता हो । यसअघि नेपालले काठमाडौंमा एकदिवसीय शृङ्खला खेलेको छैन।

त्यतिमात्र होइन पछिल्लो एक बर्षमा नेपालले एकदिवसीय अफिसियल खेल पनि खेलेको छैन् । अन्तिम पटक नेपालले २०१९ को जनवरि २५ देखि २८ सम्म युएईसँग खेलेको थियो ।

उक्त तीन दिनको शृङ्खला नेपालले २-१ ले जित्दै एतिहासिक उपलब्धि हात पारेको थियो । एकदिवसीय मान्यता पाएको २ वर्ष भइरहँदा नेपालले मात्रै २ शृङ्खला खेलेको छ।

२०१८ मा नेपालले एकदिवसीय मान्या पाइसकेपछि नेदरल्यान्डस्सँग २ खेलको शृङ्खला खेलेको थियो भने उक्त शृङ्खलामा १-१ को बराबरी भएको थियो ।

त्यसैले पनि लिग २ अन्तर्गतको शृङ्खला नेपालका लागि तेस्रो एकदिवसीय शृङ्खला हो ।  त्यतिमात्र होइन टियु क्रिकेट मैदान पनि एकदिवसिय मान्यता प्राप्त मैदान बन्ने भएको छ ।

लिग २ खेल्ने टोली:

ज्ञानेन्द्र मल्ल (कप्तान)
दिपेन्द्र सिंह ऐरी (उपकप्तान)
पारस खड्का
सन्दिप लामिछाने
करण केसी
आरिफ शेख
विनोद भण्डारी
अविनाश बोहोरा
कुशल मल्ल
कमलसिंह ऐरी
सुसान भारी
रोहित पोडैल
शरद भेषवाकर
ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी:

सुवास खकुरेल
पवन शराफ
सन्दिप जोरा
किसोर महतो

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ३१ बजे

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो

मन्त्री शर्माको आग्रह- प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा