नेकपा-राजपा गठबन्धन जनताबाट अनुमोदन भयो: नेता साह | Khabarhub Khabarhub

नेकपा-राजपा गठबन्धन जनताबाट अनुमोदन भयो: नेता साह


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको जीकिर गरेका छन् ।

विहिबार सम्पन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएको र गठबन्धनका सबै उम्मेदवार विजयी हुनु गठबन्धन अनुमोदित भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहको भनाइ छ ।

अध्यक्ष साहले भने, “हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो । तर गठबन्धनका चारजनै उम्मेदवारले गठबन्धनको भोट भँदा दोबर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश-२ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो ।” भन्ने बुझनु ज़रूरी छ ।

नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासंग मिल्ने निर्णयलाई समर्थन गरेको जीकिर गर्दै अध्यक्ष साहले थपे, “नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ । र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् । जबकि राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो । यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ।”

अध्यक्ष साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ४६ बजे

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको