पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री हस्तान्तरण | Khabarhub Khabarhub

पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री हस्तान्तरण


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई खेल सामाग्री वितरण गरेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा पत्रकार सम्मेलन गरी खेल सामाग्री हस्तान्तरण गरेको हो।

ओलम्पियन संगिना वैद्य र रवि महर्जनको संयोजकत्वमा बज्र सेक्युरिटिले खेलाडीलाई ट्रयाक, गोदावरि नगरपालिकाले जुत्ता, स्तम्भ बहुधेस्य सहकारीले ब्याग तथा  पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन्।

पारा तेक्वान्दो टोलीले वल्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पदक हात पारिसकेको छ भने अाउने दिनमा पारा ओलम्पिकमा पदक हात पार्ने लक्ष्य रहेको तेक्वान्दोका महासचिव दिपराज गुरुङले बताए ।

‘हाम्रो पारा टिमले वर्ल्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पदक जितेका छौँ। अब ओलम्पिकमा पदक जित्छौँ। जुनसुकै उमेर समूह र तौल समूहमा पदक ल्याउनेछ र त्यो नै पारा ओलम्पिकको पहिलो हुनेछ’, उनले भने।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १९ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार