प्रदेश १ मा थपिए ३५ सङ्क्रमित, २८६ डिस्चार्ज | Khabarhub Khabarhub

प्रदेश १ मा थपिए ३५ सङ्क्रमित, २८६ डिस्चार्ज


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यसरी निको हुनेमा होम आइसोलेसनबाट २८३ र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङबाट तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ७८१ पुगेको छ ।

प्रदेशमा सोही अवधिमा गरिएको ४७४ को पिसिआर परीक्षणमा १३ महिला र २२ पुरुष गरी ३५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोरङमा १९, सुनसरीमा पाँच, तेह्रथुम र इलाममा एक/एक र प्रदेश बाहिरका तीन जना नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेश मा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ५२४ पुगेको छ ।

प्रदेशमा हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १३ बजे

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार