बालुवाटार जग्गा प्रकरण मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण मुछिएका पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी लगायत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

सोमबार अदालतमा उपस्थित भएर बयान दिएका जोशीलाई अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको हो। साधारण तारेखमा छोड्ने आदेश दिएसँगै उनी छुटेका छन्।

तत्कालीन भूमि व्यवस्थामन्त्रीका रुपमा जोशीले ललिता निवासको जग्गा व्यक्तिका नाममा जाने गरी मन्त्रिपरिषदमा प्रस्ताव लिएको आरोप लगाएको थियो।

अख्तियारले जोशीविरुद्ध ७ करोड रुपैयाँ विगो दावी गरेर मुद्दा दायर गरेको थियो।

गत वर्ष माघमा अख्तियार मुद्दा दायर गरेको थियो। जोशीले त्यतिबेला नै आफू निर्दोष रहेको बताउँदै ७ करोड विगो तिर्न नसक्ने बताएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : १७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड