यस कारण रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई नदिएको खुलासा | Khabarhub Khabarhub

यस कारण रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाई नदिएको खुलासा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई नदिनुको कारण खुलाएका छन्।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै पुटिनले अमेरिकी निर्वाचनमा भएको कानूनी लडाईंको फैसला नआउन्जेल बाइडेनलाई औपचारिक रुपमा बधाई नदिने बताएका हुन्। तर बधाई दिन ढिला गर्दा रूस र अमेरिकाबीचको सम्बन्धमा कुनै असर नपर्ने उनको भनाई छ।

अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प बाइडेनसँग पराजित भएका हुन्। तर, चुनावमा धाँधली भएको भन्दै ट्रम्पले अझैसम्म हार स्वीकार गरेका छैनन्। बरु कुनै प्रमाण नै पेश नगरीकन उनले अदालत गुहारेका छन्।

हालका राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति पुटिनको प्रशंसा गर्ने गरेका छन्। यसअघि राष्ट्रपति चुनिँदा उनले रूससँग मद्दत लिएको आरोप लागेको थियो।

अमेरिकासँग लामो समयदेखि टक्कर लिइरहेको रूस र महाशक्ति बन्ने दौडमा रहेको चीनले अझैसम्म बाइडेनलाई बधाई दिएका छैनन्।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ०२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन