बलिथुङमा एक घर, एक धारा जडान | Khabarhub Khabarhub

बलिथुङमा एक घर, एक धारा जडान


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सुन्दरबजार नगरपालिका– ८ बलिथुङमा एक घर एक धारा जडान गरिएको छ ।

गण्डकी प्रदेश सरकारको रु ५९ लाख ८५ हजार ८८८ र च्वाइस नेपाल जिल्ला शाखा लमजुङको रु ११ लाख आर्थिक सहयोगमा यहाँका ५५ घरमा घरैपिच्छे धारा जडान गरी पानी झारिएको छ ।

टोलमा खानेपानीको कुनै स्रोत नहुँदा दुई घण्टा समय धाउनुपर्ने बाध्यता घरैपिच्छे धारा जडानले सहज बनाएको छ । एकहत्तर वर्षीया आइतमाया नेपालीले भनिन्, “हामीलाई गाउँमा धेरै पानीको दुःख थियो । म बूढी मान्छे गाग्रीमा पानी बोकेर टाढाबाटा ल्याउन पनि नसक्ने तर नल्याएर पनि सुख थिएन । अहिले घरमै धारा जडान गरेर पानी आएपछि त धेरै सहज भएको छ । ”

उनी मात्र होइन यहाँका अन्य बूढापाका तथा बालबालिकालाई समेत बढी फाइदा पुगेको छ । सबैले भने जति पानी उपयोग गर्न पाएको स्थानीयवासी बताउँछन् । वडाध्यक्ष कृष्णकान्त अधिकारीले भने, “हामीलाई सबैभन्दा ठूलो आवश्यकता खानेपानीको थियो, अहिले पूरा हुँदा सबैलाई सहज भएको छ ।”

विगतमा यहाँका बासिन्दाले खानेपानी अभावले डेढदुई घण्टा टाढा बूढी कुवा, वीरस्वाँरा र बेँसीशहर नगरपालिका–१ नयाँ गाउँसम्म पानी बोकेर ल्याउने गरेको उनले बताए ।

वडाध्यक्ष अधिकारीका अनुसार सो टोलमा मात्र नभई वडाका अन्य स्थान रामदी, अकला र घोक्रेस्वाँरामा एक घर एक धारा जडान भइरहेको छ । रामदीका ८५ घरमा घरैपिच्छे धारा जडान गरी पानी पुर्‍याउनका लागि हाल रु ५० हजार र रु २० हजारको खानेपानी ट्याङ्की निर्माण भइरहेको वडाध्यक्ष अधिकारीले बताए ।

यहाँ च्वाइस नेपालले रु ३५ लाखको लागतमा घरघरमै धारा पुर्‍याउन लागेको संस्था लमजुङका संयोजक सुकराम दुलालले बताए । त्यस्तै अकलाका १६० घरमा च्वाइसले नै रु ५३ लाखमा घरैपिच्छे धारा पुर्‍याउने भएको छ । सो घरका लागि रु एक लाख बराबरको ट्याङ्की निर्माण प्रक्रिया अघि बढेको छ ।

त्यस्तै प्रदेश सरकारको लगानीमा घोक्रेस्वाँरामा ४७ घरमा घरैपिच्छे धारा जडान तीव्रगतिमा भएको छ । रु १०–१० हजारका तीन ट्याङ्की निर्माण गरी सो घरमा धारा जडान गरेर पानी लैजाने कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष अधिकारीले बताए ।

प्रदेश सरकारले लिएको लक्ष्य पछ्याउँदै जिल्लाका विभिन्न गाउँ तथा टोलमा एक घर एक धारा अभियान धमाधम लागू भइरहेको छ । प्रदेश सरकारले प्रदेशकै पाँच लाख १७ हजार घरमा पानीको धारा पुर्‍याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार प्रदेश सरकारले सबै जिल्लामा लगानीसमेत गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : ३२ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव