प्रचण्ड–चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रचण्ड–चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हउ यान्कीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्की र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्कीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ४५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर