निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने | Khabarhub Khabarhub

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाउन नपाउने


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजामती कर्मचारीले अब निजी इन्स्टिच्युटमा पढाउन नपाउने भएका छन् ।

बहालवाला सचिवसहितका उच्च अधिकारीहरू नै निजी इन्स्टिच्युटमा पढाउन व्यस्त हुँदा कामकाजमा असर गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

उच्च तहका कर्मचारी निजी इन्स्टिच्युटमा ब्यस्त हुँदा नीति निर्माण कार्यमा समेत समस्या सिर्जना भएपछि त्यस्तो काम गर्न रोक लगाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णय गर्दै लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा उच्च पदस्थ कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय भएको मन्त्रालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट बाहिर गएर प्रशिक्षण दिनेलगायतका विषयमा अनुमति लिएको भएमा त्यस प्रकारका सबै अनुमतिसमेत रद्द गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

कर्मचारीले काज बिदाको बहाना गर्दै पढाएको पाइएमा त्यस्ता कर्मचारीमाथि कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : २५ बजे

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार