अबको लडाई समृद्धि र विकासका लागि हुन्छ : सांसद साह | Khabarhub Khabarhub

अबको लडाई समृद्धि र विकासका लागि हुन्छ : सांसद साह


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले एकात्मक सत्ता र सामन्तवादविरुद्ध लामो संघर्ष गरिसकेकोले अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने जीकिर गरे ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले जनता र सबै तहको सरकारको सहकार्य हुन सके तीव्र गतिमा विकासको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए ।

‘हामीले लामो समयसम्म राजतन्त्र र सामान्तवादका विरुद्ध संघर्ष गरेर देशमा परिवर्तन ल्याएका हौं । हिजोको लडाई आम जनताको साथ बिना सम्भव थिएन । तर लडाई त्यही रोकिएको छैन, हामीले अर्को लडाई लडन बाँकी नै छ । अबको लडाई विकासका लागि, समृद्धिका लागि । हिजो जस्तै तपाईहरुले यस लडाईमा पनि साथ दिन जरुरी छ’ पुर्वमन्त्री समेत रहेका सांसद साहले भने ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, देवाही गोनाहीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल र प्रेमलाल साह लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ५८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको