वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु | Khabarhub Khabarhub

वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको वैशाखदेखि हालसम्म विभिन्न प्रकारका गरी दुई हजार ४० वटा विपद्का घटना भएका छन्।

यी घटनामा ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्षका विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका ७१० वटा घटना भएका छन्। त्यसपछि पहिरोको ४८३, चट्याङका २१६ र बाढीका ९७ वटा घटना भएको प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा परी ज्यान गुमाएका ४६३ जनामध्ये २९५ को पहिरोमा परेर मृत्यु भएको हो। यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार, हिजोआज आगलागीका घटना बढिरहेका छन्। ग्यास पड्किएर, विद्युत् सर्ट भएर, लामखुट्टे मार्ने धुप बाल्दा आगलागी हुने जोखिम भएकाले सचेतता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ४० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल