अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित | Khabarhub Khabarhub

अनुमतिबिना दारी राखेपछि उत्तर प्रदेशका एक प्रहरी निलम्बित


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेशका मुसलमान समुदायका प्रहरीलाई अनुमति बिना दारी पालेको भन्दै निलम्बित गरिएको छ ।

बागपतस्थित एक मुसलमान सब-इन्स्पेक्टरलाई विनाअनुमति दारी राखेर अनुशासन पालन नगरेको भन्दै निलम्बन गरिएको हो ।

बागपत थाना रमालाका सब-इन्स्पेक्टर इन्तेसार अली निलम्बनमा परेसँगै साम्प्रदायिक निर्णय गरेको भन्दै उक्त निर्णय विवादित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशका प्रहरी अधिक्षक अभिषेक सिंहले कानूनको दायरामा रहेरै कारबाही गरेको प्रष्ट्याएका छन् ।

सइ अलीले भने आफूले गएको वर्ष नोभेम्बरमा नै दारी राख्न अनुमति मागेको भए पनि नदिइएको बताएका छन्। जरुरी परे आफू अदालत पनि जान तयार रहेको उनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : १५ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी