चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन | Khabarhub Khabarhub

चुनावअघिको अन्तिम बहसमा ट्रम्प र बाइडेन


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्।

राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्वका विषयमा छलफलमा छन्।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतीय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी छन् ।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले खोप आउन लागेको जानकारी दिए ।

‘हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ,’ उनले भने ।

ट्रम्पका प्रतिस्पर्धी बाइडनलाई पनि सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि पहिलो प्रश्न सोधिएको छ।

त्यसमा बाइडनले चीन अन्तर्राष्ट्रिय नियम अनुसार चल्न पर्ने बताए ।

कोरोना भाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर जवाफ दिएका बाइडनले भने, ‘म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु।’

ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ३५ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई