सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध | Khabarhub Khabarhub

सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी/पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्वसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

उनका अनुसार अबको केही दिन मुलुकभर नै बर्षा हुने छ । केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ । त्यसैले यो अबस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण आज कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ । प्राप्त विवरण अनुसार इलाम झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम प्यूठान, दाङ जिल्ला उच्च जोखिम रहेको जनाइएको छ ।

सोही क्षेत्रमा उच्च सावधानी अपनाउन र अन्य क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम राति समेत जारी रहने जनाइएको छ ।

मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७–१० गते देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १० : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने