सोनु सुदले फेरि जिते दिल, ट्युमरपीडित बालिकाको गराए अपरेशन | Khabarhub Khabarhub

सोनु सुदले फेरि जिते दिल, ट्युमरपीडित बालिकाको गराए अपरेशन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सोनु सुदले कोरोना महामारीका बेला सहयोगको हात अगाडि बढाएर फ्यानको मन जितेका छन् ।

लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए । यसपटक उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर वाहवाही कमाएका छन् ।

बिहारमा रहने दिव्या ट्युमरबाट पीडित थिइन् । उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।

उनले लेखेकी थिइन् कि, बहिनीको हालत खराब छ, सर्जरी गराउनुपर्ने देखिएको छ ।

लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत गरेकी थिइन् ।

यसको जवाफ दिँदै सोनू सुदले लेखे – तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो ।

सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ । सोनूको यो सहयोगपछि फ्यानले सामाजिक सञ्जालमा उनलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ३६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ