स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षणबिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् ।

मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको बदलिँदो अवस्थाबारेमा अनुगमनका क्रममा पाठकसहितको टोली इलाम आएको हो ।

मानवअधिकार आयोगका पदाधिकारीको टोलीले इलाम कारागारको अनुगमन गरेको सहित सरोकारवालासँग छलफलसमेत गरेको छ । कारागारमा आइसोलेसन र क्वारेन्टिन छ या छैन भन्नेबारे साथै यसको गुणस्तरका विषयमा अनुगमन गरिएको हो ।

कारागारमा रहँदा कोरोनापछि भोग्नुपरेका समस्या र कोभिडले निम्त्याएको असरका विषयमा सरोकारवालासँग छलफल गरिएको थियो । कारागारका कैदीले आन्तरिक प्रशासनअन्तर्गत पाउनुपर्ने सेवासुविधा विगतका दिनमा पाए पनि हाल नपाएको भन्दै गुनासो गरेका छन् ।

कैदीका तर्फबाट आयोगका पदाधिकारीलाई नौँ बुँदे ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ ।

सो कारागार १२० कैदी अटाउन सक्ने क्षमताको भए पनि २४० बढी कैदी भएका कारण समस्या भएको कैदीहरुको भनाइ छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले कानूनी केही बाधा रहे पनि व्यवहारिक पक्षमा समेत ध्यान दिएर काम गर्ने गरेको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीनराज राईले इलाममा असहज परिस्थिति नरहेको बताए । उनले थुनुवा तथा कैदीको खचाखचको स्थिति नरहेको जानकारी गराए ।

कारागार अनुगमनपछि जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफलका क्रममा कारागारका तर्फबाट जेलर प्रदीप श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बाहिरी भेटघाट बन्द गरिएको बताए । उनले स्वास्थ्यकर्मीको दरबन्दी भए पनि कर्मचारी नहुँदा समस्या नभएको जानकारी गराए ।

कारागारमा गाडीको व्यवस्था नहुँदा झनै समस्या भएको उनको भनाइ छ । त्यस्तै जिल्ला सरकारी वकिल युवराज महतले कोरोना संक्रमण शुरु भएपछि कारागार र अदालतमा भीडभाड कम गराउन प्रयत्न भएको बताए ।

कानूनी केही बाधा रहे पनि सहजीकरण भइरहेको उनको भनाइ छ । मानवअधिकार आयोगले मंगलबारबाट झापासहित इलाम हुँदै देशका २७ जिल्लाको अनुगमन गर्ने गरी काम थालेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ५४ बजे

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ

रेशमको मुद्दा न्यायाधीशद्वय अब्दुल अजीज र ढुङ्गानाको इजलासमा

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले दायर गरेको