यस्तो छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको प्रस्तावित डिजाइन | Khabarhub Khabarhub

यस्तो छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको प्रस्तावित डिजाइन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन सार्वजानीक गरेका हुन् ।

मन्त्री भट्टराईले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझावसमेत मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ। उक्त स्थान भैरहवा–लुम्बिनी सडक खण्डको दक्षिणतर्फ सडक छेउमै पर्छ ।

मन्त्री भट्टराईले विभिन्न शैलीका डिजाइन फेसबुकमा राखेपछि रुपन्देहीका बासिन्दाहरुले टर्मिनल भवनको डिजाइनमा ठूलो आकारको बुद्ध मुर्ति समेट्न सुझाव दिएका छन् । भवनको डिजाइन र अरू काम संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयबाटै भइरहेको छ ।

बौद्ध दर्शनका शिक्षकहरुले भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकछेउमा बन्ने दोस्रो टर्मिनल भवनमा बुद्धको ठूलो मुर्ति पनि समेट्न सके सुनमा सुगन्ध हुने सुझाएका छन् ।

‘लुम्बिनी पुग्ने अधिकांश विदेशी पर्यटक यात्रा गर्ने सडकबाट प्रष्ट देखिने ठाउँ भएकाले विशाल बुद्ध मुर्ति राख्दा सकारात्मक छाप पार्न सकिन्छ,’ स्थानीयबासिन्दा रामु अधिकारीले भने । पर्यटन मन्त्रालयबाट आएको टोलीले टर्मिनल भवन बनाउने स्थानको माटो परीक्षण गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको पहिलो चरणको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । विमानस्थलको टर्मिनल भवनभित्र ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडान गर्न बाँकी छ । विदेशी प्राविधिक र उपकरण समयमै आएकोमा सन् २०२१ शुरु भएमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने अपेक्षा छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल स्तरोन्नतिको शिलान्यास गरेका थिए । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने आयोजना प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ४५ बजे

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन