अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र, कयौँको मृत्यु | Khabarhub Khabarhub

अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र, कयौँको मृत्यु


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अस्ट्रेलियाको तास्मानिया द्वीपमा सयौँ ह्वेल अलपत्र परेका छन् ।

त्यसमध्ये कयौँको मृत्यु भएको बीबीसीले जनाएको छ सोमवारयता उक्त द्वीपको पश्चिमी तटमा झन्डै ४७० वटा ह्वेल फेला परेका छन्। अहिले देखा परेको नयाँ समूहमा भएका २०० मध्ये अधिकांश ह्वेल मरिसकेको जस्तो देखिएको उद्धारकर्ताहरूले जनाएका छन् ।

उनीहरूका अनुसार उद्धारकर्ताहरूले थोरै पानी भएको ठाउँमा अलपत्र परेका ह्वेललाई जोगाउन संघर्ष गरिरहेका छन्।

पहिला फेला परेको समूहका २५ वटा ह्वेललाई मङ्गलवार उद्धार गरिएको थियो । तर तीमध्ये केहीलाई छालले फेरि तटतिर ल्याइदिएको अधिकारीहरूले बताएका छन्।

अस्ट्रेलियन एन्टार्क्टिक डिभिजनले अहिले अलपत्र परेका ह्वेलको सङ्ख्या सर्वाधिक हो कि हैन भनेर अभिलेखको अध्ययन गरिरहेको जनाएको छ।

तास्मानियामा यसअघि सन् १९३५ मा २९४ वटा र सन् २००९ मा २०० वटा पाइलट ह्वेल फसेका बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ३० बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका