पूनमको उजुरीपछि उनका पति साम बोम्बे पक्राउ, १२ दिन पहिले भएको थियो बिहे | Khabarhub Khabarhub

पूनमको उजुरीपछि उनका पति साम बोम्बे पक्राउ, १२ दिन पहिले भएको थियो बिहे


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – मोडल तथा कलाकार पूनम पाण्डेको उजुरीपछि उनका पति साम बोम्बे मंगलवार पक्राउ परेका छन् ।

गोवा प्रहरीले पूनमका पति सामलाई पक्राउ हिरासतमा लिएको हो । यी दुईबीच १२ दिनअघि बिहे भएको थियो ।

पूनमले सामविरुद्ध उत्पीडन र कुटपिट गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको थियो, जहाँ पूनम पाण्डेले एक फिल्मको छायांकन गरिरहेकी थिइन् ।

एएनआईका अनुसार दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले पूनमका पति पक्राउ परेको पुष्टि गरे । पुनमले सोमवार राति आफ्ना पतिविरुद्ध उजुरी दिएकी थिइन् ।

पूनमले पतिले आफूमाथि कुटपिट गरेको र गम्भीर परिणाम भोग्ने धम्की दिएको आरोप लगाएकी छिन् ।

यसअघि पूनमले १० सेप्टेम्बरमा आफूले बिहेबारे बताएकी थिइन् । दुवैले सामाजिक सञ्जालमा कैयन् तस्वीर शेयर गरेका थिए । बिहेमा नजिकका आफन्तलाई मात्र बोलाइएको थियो ।

त्यतिबेला पूनमले तस्वीर शेयर गर्दै लेखेकी थिइन् – तिमीसँग सात जन्म बिताउने सपना छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : २३ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन