नेपाली भूमिमा संरचना नबनाएको चीनको प्रष्टोक्ति | Khabarhub Khabarhub

नेपाली भूमिमा संरचना नबनाएको चीनको प्रष्टोक्ति


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको लाप्चामा पर्ने नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवन बनाएका समाचारहरूमा सत्यता नभएको चीनले जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति जारी गरेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने उल्लेख छ ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि प्रष्ट्याएको छ । चीनले सधै नेपालको सम्प्रभूता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेसमेत विज्ञप्तिमा प्रतिबद्धता जनाइएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबरपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : २४ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै