५२ किलो गाँजासहित ३ जना पक्राउ | Khabarhub Khabarhub

५२ किलो गाँजासहित ३ जना पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाइै पक्राउ गरेको छ । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा३ख ७९५८ नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम गाँजासहित तीन जनालाइ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीको विशेष टोलीले शंका लागी ट्रक चेकजाँच गर्दा ट्रकको पछिल्लो भागमा प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको जनाइएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धादिङ थाक्रे गाउँपालिका–३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय दोर्जे तामाङ र भरतपुर महानगरपालिका–२४ का ६१ वर्षीय पदमबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पक्राउ परेका ट्रक चालकमाथि अनुसन्धान गर्ने क्रममा उक्त गाँजा पदमबहादुर तामाङले मगाएर ल्याएको भन्ने बयान दिएपछि उनलाई घरबाटै प्रहरीले पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १ : ३९ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ