लघु कर्जा लिने व्यक्तिको मृत्यु भएपछि मुक्तिनाथ विकास बैंकले ऋण मिनाहा गर्‍यो | Khabarhub Khabarhub

लघु कर्जा लिने व्यक्तिको मृत्यु भएपछि मुक्तिनाथ विकास बैंकले ऋण मिनाहा गर्‍यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले उनले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले उनले लिएको बिनाधितो कर्जाको भुक्तानगर्न बाँकी रकम २२ हजार ४९९ रुपैयाँ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार ४८३ रुपैयाँ र काजक्रिया खर्च बापतको रकम ५ हजार गरी २ लाख ८ हजार ४८३ रुपैयाँ प्रदान गरेको छ ।

बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुरामदर्जीको रोहोबरमा रकम हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरि भुक्तान गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्चसमेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : १३ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को