कोरोना परीक्षण गर्न इच्छुक निजी प्रयोगशाला र मापदण्ड | Khabarhub Khabarhub

कोरोना परीक्षण गर्न इच्छुक निजी प्रयोगशाला र मापदण्ड

दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने सरकारी तयारी


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगमी असार १५ गतेसम्म नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुने दर दैनिक १० हजार हुने घोषणा गरिसकेका छन् ।

मन्त्री ढकालले केही दिन अघि स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दैनिक १० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न निजी अस्पताल र प्रयोगशालासँग पनि सहकार्य गर्ने बताए ।

‘हामीले असार १५ गतेसम्ममा प्रतिदिन १० हजारका दरले परीक्षण गर्ने क्षमता वृद्धि हुन्छ भन्ने प्रतिवद्धता जायर छौं,’ मन्त्री ढकालले भने, ‘त्यसमा अहिले हाम्रा भएका ल्यावहरूमा जनशक्ति थप्ने, ल्याव २४ घण्टा नै सञ्चालन गर्ने लगायतका तयारी थालेका छौं । बाँकी काम गर्न निजी क्षेत्रसँग पनि सहकार्या गछौं ।’

मन्त्री ढकालले सरकारले नै संकलन गरेको नमूना दिएर निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने र परीक्षण बापतको रकम सरकारले उपलब्ध गराउने बताए ।
निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न अनुमति पाए निजी प्रयोगशालाबाट दैनिक ३ हजार नमूना परीक्षण हुनसक्ने मन्त्री ढकालको अनुमान छ ।

मन्त्री ढकालले भने, ‘निजी प्रयोगशालाले दैनिक ३ हजार परीक्षणको रिपोर्ट समावेश गर्न सकियो भने हामीले अहिले दैनिक १० हजार परीक्षणको घोषणा गरेका छौं, यसलाई सहजतापूर्वक पूरा गर्न सक्छौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाख १५ गते निजी प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति दिने घोषणा गरेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाका अनुसार स्वास्थ्य मन्त्रालयको घोषणापछि करिब १९ निजी क्षेत्रका प्रयोगशालाले कोरोना परीक्षण गर्न अनुमति माग्दै निवेदन दिएका छन् ।

तर स्वास्थ्य मन्त्रालयले घोषणा गरेको लामो समय बितेपनि निजी प्रयोगशालाले कोरोना परीक्षणको अनुमति भने पाइसकेका छैनन् ।

के छ निर्देशिकामा

स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका सोमबार मात्र स्वीकृत भएको छ ।

निर्देशिका स्वीकृत भएसँगै अब भने निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न अनुमति पाउने भएका छन् ।

निर्देशिकामा निजी प्रयोगशालाले स्थापना विधि, भौतिक पूर्वाधार, सामग्री तथा औजार उपकरण, मानव संसाधन, गुणस्तर नियन्त्रण, फोहोर व्यवस्थापन, सेवा शुल्क, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका विभिन्न नियमहरू स्वास्थ्य मन्त्रालयले निर्देशन गरे अनुसार पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

निजी प्रयोगशालाले कोरोना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोके अनुसार मापदण्ड पूरा गरी बायोसेफ्टी लेवल २ को प्रयोगशाला स्थापन गरे मात्र पीसीआर परीक्षण गर्न अनुमति पाउने छन् ।

यस्तै निजी प्रयोगशालामा न्युनतम दैनिक २ सय परीक्षण गर्न सक्ने क्षमताको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

पीसीआर परीक्षण गर्न निजी प्रयोगशालामा पीसीआरको लागि ३ वटा छुट्टाछ्टै कोठा हुनुपर्ने, मानव संसाधन तथा सामग्री औजारको एकतर्फी आवतजावत गर्न सक्ने खालको संरचना हुनुपर्ने, कोठाको वातावरणीय अवस्था परीक्षण गरी काम गर्न अनुकुन हुनुपर्ने, २४ सै घण्टा ल्याब सञ्चालन गर्न विद्युत ब्याकअप र सुरक्षाको प्रबन्ध भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै पीसीआर परीक्षणलाई चाहिने किट, स्वास्थ्य सुरक्षाका सामग्री, मानव स्रोत र अन्य व्यवस्था प्रयोगशालाले नै गर्नुपर्ने व्यवस्था छ ।

निजी प्रयोगशालाले आफुसँग आएका सबै नमूनाहरू परीक्षण गरेपछि राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा नै बुझाउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमूनालाई मात्र परीक्षण गर्न पाउने छन् । उनीहरूले आफैले नमूना संकलन गरेर कोरोना परीक्षण गर्न पाउने छैनन् ।

निजी प्रयोगशालाले नमूना परीक्षण गरेबापत स्वास्थ्य मन्त्रालयले प्रति नमूना ५ हजार ५ सय रुपैयाँ रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

कोरोनाको पीसीआर विधिबाट परीक्षण गर्न चाहेका निजी प्रयोगशालामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमनको काम सुरू गरिसकेको छ ।

अहिलेसम्म १९ प्रयोगशालाले कोरोना परीक्षण गर्ने अनुमति माग गर्दै निवेदन दिएको भएपनि अधिकांश प्रयोगशाला मापदण्ड अनुसारको नभएको डा. झाले खबरहबलाई बताइन् ।

‘हामीसँग अहिलेसम्म १९ वटा प्रयोगशालाबाट निवेदन प्राप्त भएको छ,’ डा झाले भनिन्, ‘तर ती सबै प्रयोगशाला मापदण्ड अनुसारका छैनन् । नमूना पाए परीक्षण गछौं भन्ने धेरै छन् । २/३ वटा भने पूर्वाधारसहितका छन् ।’

उनले हालसम्म कुनैपनि निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न अनुमति नदिइएको बताइन । निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्ने अनुमति दिन निर्देशिका जारी भइसकेकाले सोही निर्देशिकाको आधारमा मापदण्ड पुरा गरेका प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिने तयारी भइरहेको डा झाले बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म त कुनै पनि निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएका छैनौं, आज निर्देशिका आएको छ, अब सोही निर्देशिकाको आधारमा अनु्मति दिने प्रक्रिया अघि बढ्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार हालसम्म सरकारी क्षेत्रका २२ वटा प्रयोगशालाबाट दैनिक ६ हजारदेखि ७ हजार नमूनाको पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ५२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र